काठमाडौं । मोटर स्पोर्ट्स, अटोमोबाइल, मोबिलिटी, ड्राइभ टुरिजम, मोटरसाइक्लिङ स्पोर्ट्स, पावर बोटिङ, ई–स्पोर्ट्स र रोड सेफ्टी लगायतका क्षेत्रमा क्रियाशील बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको प्रथम साधारण सभा तथा निर्वाचन सम्पन्न भएको छ ।
बागमती प्रदेशका ८ जिल्लाका अटोमोबाइल व्यवसायी, खेलाडी तथा प्राविधिकहरु, साहसिक र खेल पर्यटन प्रवर्धकहरु, दिगो सडक र सुरक्षित यातायातका क्षेत्रमा संलग्न विज्ञ तथा अभियन्ताहरुको सहभागितामा सम्पन्न सभाले चितवनका राजन पियाको अध्यक्षतामा आगामी चार वर्षका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा राम कुमार शाही ठकुरी र सीता केसी, सचिवमा यज्ञ प्रसाद पौडेल र कोषाध्यक्षमा जनक कुमार ढकाल निर्वाचित भए । त्यसैगरी सदस्यहरुमा पियुष गजुरेल, दिपेश योगल श्रेष्ठ, लोमश अधिकारी र सुनिता रेग्मी निर्वाचित भए ।
सोही निर्वाचित कार्यसमितिले उपाध्यक्षमा राजेन्द्र प्रसाछे, सचिवमा निमेष बर्तौला र सदस्यहरुमा आरुषी थापा र विमल पौडेललाई मनोनित गरेको छ ।
एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका सचिव कमल अधिकारी र मिडियाकर्मी एकराज सुवेदी सहितको निर्वाचन समितिले सो निर्वाचन सम्पन्न गरेको थियो ।
FACEBOOK COMMENTS