काठमाडौं । ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडका लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले गोकर्ण फरेस्ट रिसोर्टस्थित अफ-रोड ट्र्याकमा ‘जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) टेस्ट ड्राइभ – एक्स्पेरियन्स द थ्रिल अफ एडभेन्चर’ सफलतापूर्वक सम्पन्न गरेको छ । शनिबार आयोजित उत्साहजनक टेस्ट ड्राइभ च्यालेन्जमा नेपालको पहिलो इलेक्ट्रिक अफ-रोड एसयूभी जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) को उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको छ । यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा प्रमाणित भएको छ ।
गोकर्णमा सम्पन्न कार्यक्रममा अफ-रोड पारखी तथा ड्राइभरहरूको उत्साहजनक सहभागिता रह्यो । साथै विशेष रूपमा तयार गरिएको अफ-रोड ट्र्याक मुख्य आकर्षण रह्यो । ट्र्याकलाई साँच्चिकै अफ-रोड यात्रामा जस्तै चुनौतीपूर्ण बनाउन विभिन्न अवरोधहरू, उकालो, ओरालो, हिलो, रकी एक्सपेरियन्स आदि समेटिएको थियो । यही ट्र्याकमा जेसिक्स इन्डिभुजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) ले आफ्नो शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित गरेको हो ।
विशेषगरी जेइको जेसिक्समा रूचि राख्ने ग्राहकहरूकेन्द्रित यस कार्यक्रममा जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) ले डर्ट-ट्र्याकका सम्पूर्ण अवरोधहरूलाई सजिलै पार गर्दै विद्युतीय सवारी प्रविधिले मारेको फड्कोलाई सही सावित गरेको छ ।
कार्यक्रममा डर्ट-ट्र्याक च्यालेन्जका अलावा सहभागीहरूले निःशुल्क ‘ड्राइभिङ रेन्ज गल्फ सट’ जस्ता क्रियाकलापमार्फत उत्साहजनक माहोल कायम राखे । एसपीजी अटोमोबाइल्स नेपालमा नवीन र दिगो मोबिलिटी (गतिशीलता) का आविष्कार तथा उत्पादनहरू प्रवर्द्धन गर्न समर्पित छ । अल-ह्विल-ड्राइभ पावरट्रेनसहितको नयाँ जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर), प्रभावशाली पर्फमेन्स, अद्भुत पावर र उच्च ग्राउण्ड क्लियरेन्ससहित अफ-रोड ड्राइभिङका लागि उत्कृष्ट विद्युतीय एसयूभीको रूपमा स्थापित भएको छ ।
नयाँ जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) मसाज सिट, सबै प्यासेन्जरका लागि हिटेड एण्ड भेन्टिलेटेड सिट, हाइअर रिमसहितको टायर साइज, बुम बक्स बेस स्पिकर्स जस्ता विभिन्न सुविधाहरूले सुसज्जित छ । साथै नौवटा ड्राइभिङ मोडसहित शक्तिशाली डुअल मोटर, ६९.६६ किलोवाटआवरको ब्याट्री र ४०० किलोमिटरको डब्लूएलटीपी रेन्ज यसको प्रमुख आकर्षणको पक्ष हो ।
एसपीजी अटोमोबाइल्सले साहसिक यात्रा गर्न खोज्ने अफ-रोड पारखीहरूलाई नजिकैको ओमोडा तथा जेइको शोरूममा गई नेपालकै पहिलो अत्याधुनिक विद्युतीय एसयूभीको प्रत्यक्ष अनुभव गर्न आमन्त्रण गर्दछ ।
एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमाडा र जेइको अटोमोबाइल्स कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक हो ।
FACEBOOK COMMENTS