काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन नासा नेपालको बहुप्रतिक्षित कार्यक्रम एक्प्लोर द ट्रयाक अन्तर्गतको सन् २०२६ को पहिलो कार्यक्रम आज देखि मद्रास इन्टरनेशनल रेसिङ् सर्किटमा शुरू भएको छ ।
मद्रास मोटर स्पोट्र्स क्लव को विश्व स्तरीय रेसिङ् सर्किटमा आफ्नो शिप सृजना बहादुरी देखाउन एक दर्जन नेपाली राइडर बिहिबार साँझ चेन्नई पुगेका छन् । नेपाल रोड रेसिङ् च्याम्पियनशिपका विजेता तथा उत्कृष्ट ११ राइडर र दुई अफिसियल सहितको टोलिको व्यवस्थापन मोटर स्पोट्र्स नेपाल क्लबले गरिरहेको छ ।
सन् १९५२ मा दक्षिण भारतको मद्रास (हालको चेन्नई) सहरमा स्थापना गरिएको मद्रास मोटर स्पोट्र्स क्लब (एमएमएससी) को रेसिङ ट्रयाकमा शूरु भएको ::क्ऋ ल्भउब ित्ख्क् च्बअष्लन रेस नामको इभेण्ट अन्तर्गत शुक्रबार ओरिन्टेशनको कार्यक्रम रहेको छ भने शनिबार प्राक्टिस तथा आईतबार फाइनल रेस आयोजना । डिसेम्बर २० मा धुलिखेलमा सम्पन्न नेपाल रोड रेसिङ् च्याम्पियनशिपका सबै क्याटागोरीका विजेता तथा उत्कृष्ट खेलाडीहरुको सहभागीता रहेको टोलिलाई इन्टरनेशनल मोटरसाइकल फेडेरेसन (एफआईएम) र मद्रास मोटर स्पोट्र्स क्लबको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ ।
राइडरहरु श्रीहरि पौडेल, राजकुमार कार्की, दिलिप दनुवार, सायल गजमेर, प्रशान्त सुतीहार, साइमन चौलागाई, अभिनव राज मल्ल जस्ता नेशनल र नोभिस क्याटागोरीका विजेता हरु यस टीम मा रहेका छन् । त्यस्तै, दिपेश जैसवाल, अभि रिसाल, वर्षा बस्नेत र नीतिका गजुरेल समेत गरी ११ राइडर तथा मोटर स्पोट्र्स नेपाल क्लबका निर्देशक विनोद तण्डुकार टिम मेनेजर र बागमति प्रदेश अटोमोबाइल एसोसिएसनकी सदस्य मिना थापा अफिसियल को रुपमा रहेकी छिन् ।
जहाँ नेपाली राइडरहरुले रेसिङ् र सुरक्षा सम्बन्धी स्किल, नलेजÞ र प्राक्टिस सँगै प्रतिस्पर्धामा समेत आफूलाई उतार्नेछन् । जसको नतिजा आईतबार सार्वजनिक हुनेछ ।
केही वर्ष अघिबाट शुरू गरिएको एक्प्लोर द ट्रयाक कार्यक्रमलाई अन्तर्राष्ट्रिय महासंघहरुबाट उच्च प्रशंसा गरिएको छ जसले प्रोपर ट्रयाक नभएको अवस्थामा समेत नेपाली खेलाडीको क्षमता र आत्मविश्वास वृद्धिमा सहयोग पुर्याई रहेको देखिन्छ । यही पुष १० गते चितवनमा सम्पन्न नासा नेपालको एघारौँ साधारणसभाले समेत एक्प्लोर द ट्रयाक अन्तर्गत यस वर्ष ३ टिम लाई विश्वस्तरीय ट्रयाकमा सहभागी गराउने योजना पास गरेको छ ।

भारतीय मोटर स्पोट्र्स फेडेरेसन ँ:क्ऋक्ष् कोे नेशनल मोटरसाइकल रेसिङ् च्याम्पियनशिप अन्तर्गत जनवरी ८ देखि ११ सम्म होण्डा इंडिया ट्यालेन्ट कप, पेट्रोनास टिभीएस इन्डिया वान मेक च्याम्पियनशिप कै दौरान ::क्ऋ ल्भउब ित्ख्क् च्बअष्लन रेस समेत आयोजना भइरहेको छ । नेपालमा अन्र्तराष्ट्रिय मापदण्ड अनुरुपको रेसिङ नभएको हुँदा चेन्नईको भईरहेको यस ईभेन्टलाई नासा नेपालले राष्ट्रिय प्रतियोगिताको मान्यता दिएको छ ।

गत अक्टोबर ९ तारिखमा थाइल्याण्डको चिङ्गमाइमा सम्पन्न एफआईए एशिया प्यासीफिक कङ्ग्रेसका दौरान फेडेरेसन अफ मोटर स्पोट्र्स क्लब्स अफ इन्डिया (एफएमएससीआई) का बोर्ड सदस्य तथा मद्रास मोटर स्पोट्र्स क्लब (एमएमएससी) का निर्देशक विक्की चान्धोक र नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले नेपाली राईडरहरुको लागि चेन्नईमा रेसिङ सम्बन्धि सहमती गर्नुभएको थियो ।
मोटरस्पोट्र्सका तीन वटा अन्तर्राष्ट्रिय महासंघहरू अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ ँक्ष्ब्, अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ तथा अन्तर्राष्ट्रिय पावरबोट संघ ग्क्ष्: मा नासा नेपाल आबद्ध रहेको छ भने हवाइ रेसिङका क्षेत्रमा ड्रोन र रोबोटिक खेलहरूमा समेत प्रवेश गरेको छ ।

FACEBOOK COMMENTS