काठमाडौं । दोलखाको उच्च हिमाली क्षेत्र रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता रहेका छन् ।
दोलखा जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब १०:३० बजे हिमपहिरो खसेको हो। उक्त हिमपहिरोमा नेपाली गाइडसहित १५ जनाको आरोही टोली परेको जनाइएको छ। । टोली नाँ गाउँबाट यलुङ रि हिमाल आरोहणका लागि बिहानै प्रस्थान गरेको थियो ।
प्रहरीका अनुसार मृतकको पहिचान खुलाइएको छैन। उद्धारका लागि प्रहरी टोली, स्थानीय र पर्यटन व्यवसायीहरू घटनास्थलतर्फ खटिएका छन्। हिमपहिरो गएको क्षेत्र उच्च हिमाली र दुर्गम भएकाले सञ्चार र आवतजावतमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रारम्भिक जानकारी अनुसार हराएका मध्ये केही विदेशी नागरिक पनि रहेका बताइएको छ। तर, उनीहरूको नागरिकता र परिचय पुष्टि हुन बाँकी छ । प्रहरीका प्रवक्ता डीएसपीले भने, “घटनास्थल दुर्गम भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ। थप टोली परिचालन गरिएको छ । ” घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS