काठमाडौं । भन्सार दिवसका अवसरमा विराटनगरको जोगवनी नाकाबाट गतवर्ष सबैभन्दा बढी निकासी गर्ने सुनसरी खनारको रिलायन्स स्पिनिङ उद्योगलाई विराटनगर भन्सार कार्यालयले आइतबार पुरस्कृत गरेको छ ।
यो उद्योगले गतवर्ष जोगवनी नाकावाट ६ अर्ब ७४ करोड ८२ लाख २१ हजार मूल्यको तयारी सामान निकासी गरेको भन्सारको तथ्यांका छ ।
उत्कृष्ट रोजगारदाता उद्योगको रुपमा रिलायन्स स्पिनिङ मिल्स सम्मानित भएको छ । नेपाल समुन्द्रपार निकासी पैठारी संघले आर्थिक बर्ष २०८०–८१ मा सबैभन्दा धेरैलाई रोजगारी दिएको भन्दै उक्त उद्योगलाई सम्मान गरेको छ ।
रिलायन्स स्पिनिङ मिल्स सन् १९९४ मा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो । यो नेपालको सबैभन्दा ठूलो स्पिनिङ मिल हो । यसले कपास, पोलिएस्टर, भिस्कोज, एक्रिलिक र पोलिएस्टर टेक्सचर्ड यार्नको उत्पादनमा गर्छ। कम्पनीको सुनसरीको खनार र दुहबी गरी दुईवटा उत्पादनस्थल छन् । यसको कुल उत्पादन क्षमता प्रतिवर्ष ४२ हजार ७ सय ५० मेट्रिकटन रहेको छ । पछिल्लो समय कम्पनीले उद्योगबाट उत्पादित वस्तुहरू विश्वबजार त्यसमा पनि खासगरी भारत र टर्कीमा ठूलो परिमाणमा निर्यात गर्दै आएको छ ।
रिलायन्स स्पिनिङ मिल्सले २०२३ मा १० अर्ब ६० लाख रुपैयाँबराबरको व्यापार गरेको छ । अघिल्लो वर्षको तुलनामा यो करिब एक प्रतिशतले कम हो । कम्पनीले सन् २०२२ मा १० अर्ब १० करोड ५० लाख र सन् २०२१ मा ७ अर्ब ७९ करोड ३० लाख रुपैयाँबराबरको व्यापार गरेको थियो ।
FACEBOOK COMMENTS