काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आइसिसी इमार्जिङ एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड २०२३ समारोहमा “ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्ड” बाट सम्मानित भएको छ ।
कम्पनीलाई भारतको मुम्बइस्थित होटल ताजमा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरिएको हो । मंसिर ७ गते सम्पन्न अवार्ड समारोह इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजना गरिएको हो।
उक्त अन्तर्राष्ट्रिय सम्मान कम्पनीका सहायक महा प्रवन्धक प्रज्वल सायमीले ग्रहण गरे। चौथो आइसिसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड २०२३ पिडब्ल्यूसी भारतको सहकार्यमा गरिएको हो।
विश्वकै प्रतिष्ठित पिडब्लुसीले एशियाका बीमा कम्पनीहरुको कार्य सम्पादन मूल्यांकन लगायतका अन्य विधिहरुलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई सो सम्मानबाट सम्मानित गरिएको हो ।