काठमाडौं । बीवाइडीको पछिल्लो सफल मोडल डल्फीनले यूरोपकै प्रतिष्ठित अवार्ड ‘वेष्ट वाई कार अफ यूरोप–२०२४’ अवार्ड जित्न सफल भएको छ । यो अवार्ड यूरोपभर बिक्री हुने कारहरु मध्ये उत्कृष्टलाई ‘अटोवेष्ट’ले प्रदान गर्दै आएको छ ।
उक्त प्रतिस्पर्धामा डल्फीनले अवार्ड हात पर्दा ठूला कार निर्माताका बलिया प्रोडक्टलाई उछिन सफल भएको हो । उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जीपको एभेन्जर परेका थिए ।
अष्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिको थियो । त्यसको लागि यूरोपभरका ३१ देशबाट आएका अटोवेष्ट पत्रकारहरुले मतदान गरेर डल्फीनलाई अवार्ड दिएका हुन् ।
उनिहरुले डल्फीनलाई फिचर लोडेड क्याविन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरिय प्रविधिको प्रयोग भएको पर्फेक्ट कारको संख्या दिएका थिए । त्यसमा सुरक्षीत र सफल ब्लेड ब्याट्रीको प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ ।
FACEBOOK COMMENTS