काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीचको झडपले बबरमहल क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।
प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौं जिल्ला अदालत अगाडि झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।
दर्शनकारीले सडकमा गुडिरहेका निजी सवारीसाधनमाथि तोडफोड गरेका छन् । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा कार्यकर्ताहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनका क्रममा उग्र भएर एमाले कार्यकर्ताहरूले निजी सवारीसाधनमाथि तोडफोड गरेका हुन् ।
FACEBOOK COMMENTS