काठमाडौं । नेपाली आधुनिक गीत, सङ्गीतको क्षेत्रमा गायिका बबिना भट्टराईको स्वर तथा सङ्गीत एवं कैलाश घिमिरेको शब्दमा प्रेमिल भाव बोकेको गीत ‘तिम्रै मुटुमा’ सार्वजनिक भएको छ । गीतकार कैलाश घिमिरेले गीत ‘तिम्रै मुटुमा’ मार्फत एउटा प्रेमीको भावनात्मक व्यथा, तडप र समर्पणलाई निकै कोमल र भावुक रूपमा प्रस्तुत गरेका छन् ।
गीत ‘तिम्रै मुटुमा’ मा देवेन्द्र नेवाःको एरेन्ज रहेको छ । अकेष्टिक नेपालको स्टुडिओमा दिल समर्पण र राजाबाबु थारूले रेकर्ड गरेको उक्त गीतकोे मिक्सिङ मास्टरिङ प्रकाश मिश्रले गरेका छन् ।
एजे अजुले छायाङ्कन र निर्देशन गरेका ‘तिम्रै मुटुमा’ गीतको भिडिओ सम्पादन भने अनिल विष्ट प्युठानीले गरेका छन् । भिडिओमा बबिना आफैँ फिचर्ड भएकी छिन् ।
‘तिम्रै मुटुमा’ गीतको भिडिओमा रोजिना श्रेष्ठको शृङ्गार छ । गीत ‘तिम्रै मुटुमा’ भिडिओ गायिका तथा सङ्गीतकार बबिना भट्टराईको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS