काठमाडौं । अन्तरित सरकार छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रनिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका बब्लु गुप्ता फराकिलो मतान्तरसहित सिराह– १ बाट निर्वाचित भएका छन् ।
उनी ४१ हजार ३२२ मतका साथ विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामसुन्दर चौधरीले ९ हजार ७८४ मत पाए ।
यसैगरी, नेकपा एमालेका रामशंकर यादवले ७ हजार ८८६ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रामचन्द्र यादवले २ हजार ८५३ मत ल्याए ।
गुप्ता सुशीला कार्कीको नेतृत्वको अन्तिम सरकारमा युवा तथा खेलकुद मन्त्री थिए ।
FACEBOOK COMMENTS