काठमाडौं । गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरी आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गिरी शुक्रबार पक्राउ परेका छन् ।
अनामनगरस्थित स्टुडियोमा आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएपछि गायक गिरी पक्राउ परेका हुन् । गायिका पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको अवस्थामा शुक्रबार बिहान साढे ८ बजे मृत्यु भएको थियो ।
प्रहरीले गिरीविरुद्ध पौडेलका परिवारका सदस्यले आत्महत्या दुरूत्साहनमा जाहेरी दिएपछि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । आफैंमाथि आगो लगाइरहेको अवस्थामा गायिका पौडेललाई गत शनिबार प्रहरीले उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल पुर्याएको थियो । उक्त घटनामा गिरी पनि सामान्य घाइते भएका थिए ।
प्रारम्भिक अनुसन्धानमा प्रहरीले गिरी र पौडेल प्रेम सम्बन्धमा रहेको र विवादले यो घटना भएको जानकारी प्राप्त भएको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS