काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालमा चुनाव र उपचुनाव नेताहरूलाई जसरी पनि सत्तामा पुर्याउने भर्याङ बन्न लागेको टिप्पणी गरेका छन् ।
सोमबार भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गर्दै चुनाव केही वर्ष र महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड नभएको बताए ।
उनले जनताद्वारा जनताका निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर चुनाव भएपनि पछिल्लो समय केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्याङ बन्दै गइरहेको र यसलाई रोक्नुपर्ने बताए ।
आगामी बैशाख १० गते चितवन, तनहुँ र बारामा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
मंसिरमा सम्पन्न संघीय निर्वाचनमा पराजय व्यहोरेका अधिकांश व्यक्तिहरु नै उपनिर्वाचनमा पुनः उम्मेदवार बन्दैछन् । भट्टराईको अभिव्यक्ति चुनाव हारेको तीन चार महिनामै फेरि उम्मेदवार बन्न आएकाहरूप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।
चुनाव केही बर्ष/महिनामा अमूक पार्टीरनेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन१यो जनताद्वारा जनताकोनिम्ति जनताको सार्वभौमसत्ताको अभ्यासगर्ने पवित्र विधिरअवसर हो।हाम्रो लोकतन्त्रमा चुनावरउपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्यांग बन्दैछ! रोकौं!
FACEBOOK COMMENTS