 
			                  			              
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बृहत् राजनीतिक संवाद सुरू भएको छ ।
जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास शीर्षकमा बृहत् राजनीतिक संवाद नेपाल हाउस वालुवाटारमा सुरू भएको हो ।
उपसभापति एवं उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेबाट पार्टी सचिवालयमा प्रस्तावित भई परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहहरू बिच छलफल थालेका हुन् ।
आज छलफलमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र रेशम चौधरी पनि सहभागी रहेका छन् । अरु पार्टीका नेताहरु भने अहिलेसम्म देखिएका छैनन् ।
जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नयाँ राजनीतिक विकल्पका लागि भन्दै रास्वपाले संवाद कार्यक्रम आयोजना गरेको बताएको छ ।

 
 

 
              
              
              
              		              
FACEBOOK COMMENTS