काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) आज बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै छ । भोलि शुक्रबार परेको पार्टीको दशौँ स्थापना दिवसको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गर्न लागिएको हो ।
काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा दिउँसो १ बजे हुने पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको उपस्थितिमा समसामयिक राजनीतिक विषयमा विचारविमर्श र संवाद हुने बताइएको छ ।
पार्टीले भोलि आफ्नो दशौँ स्थापना दिवस राष्ट्रिय सभागृहमा भव्य रूपमा मनाइने बताएको छ ।
FACEBOOK COMMENTS