काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकाले गरेको आक्रमण र राष्ट्रपतिको अपहरण संयुक्त राष्ट्र संघले स्थापित गरेको अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानूनको भद्दा उल्लंघन भएको टिप्पणी गरेका छन् ।
डा. भट्टराईले यस घटनाको सबै सार्वभौम राष्ट्रहरूले र विश्व जनसमुदायले कडा शब्दमा विरोध र भर्त्सना गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘संघको सदस्य राष्ट्र भेनेजूएलामाथि अमेरिकाले गरेको नांगो आक्रमण र त्यहाँका राष्ट्रपतिको अपहरण संयुक्त राष्ट्र संघले स्थापित गरेको अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानूनको भद्दा उल्लंघन हो। यसको सबै सार्वभौम राष्ट्रहरूले र विश्व जनसमुदायले कडा शब्दमा विरोध र भर्त्सना गर्नुपर्छ। यस्तो ुजसको लाठी उसको भैंसीु प्रवृत्तिलाई बेलैमा सबै मिलेर रोक्न नसके सबैतिर भयंकर अनिष्ट आउन सक्छ ।
अमेरिकाले शनिबार बिहान भेनेजुएलामा आक्रमण गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई आफ्नो कब्जामा लिएको जनाएको छ । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरो र उनकी श्रीमतीलाई देशबाट बाहिर लागिएको बताएका छन् ।
FACEBOOK COMMENTS