काठमाडौँ । पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई गोरखा-२ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने भएका छन् ।
डा। भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा-२ मा उम्मेदवार बन्ने जानकारी दिएका हुन् । उनी सोहि निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा नेपाली काँग्रेसको सहयोगमा विजयी भएका थिए तर २०७९ को निर्वाचनमा भने उनले तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि छोडिदिएका थिए ।
आफ्नो उम्मेदवारी बारे जानकारी दिदै उनले भनेका छन् ‘गोरखा-२ का पार्टी साथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिंदै आगामी आम निर्वाचनमा गोरखा(२ बाटको चुनाव चिन्ह ुखुलेको आँखाु लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु । सबैबाट सहयोग र सद्भावको अपेक्षा गर्दछु ।’
FACEBOOK COMMENTS