काठमाडौं । उद्योग विभागमा महानिर्देशकको जिम्मेवारी बाबुराम गौतमले पाएका छन् ।
यसअघि गौतम औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखा प्रमुखको भूमिकामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत थिए ।
विभागमा महानिर्देशक रहेका रामचन्द्र तिवारी उद्योग मन्त्रालय तानिएका छन् । मन्त्रालयमा बाबुराम रहेको महाशाखा र द्विपक्षीय तथा क्षेत्रीय व्यापार माहाशाखा खाली छ । दुईमध्ये कुनै एक महाशाखाको जिम्मेवारी तिवारीले पाउने बुझिएको छ ।
FACEBOOK COMMENTS