काठमाडौँ । नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा) का सभापति रबि लामिछानेलाई भेट गरेका छन् ।
लुम्बिनी प्रदेश स्तरीय दुई दिने बिस्तारित बैठकमा भाग लिन जाने क्रममा आज डा.भट्टराईले आज भैरहवा कारागार पुगेर लामिछानेलाई भेट गरेका हुन् ।
भेटपछि डा.भट्टराईले कारागार बाहिर बसेर मुद्धा लड्न पाउनु पर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले भने– अहिले न्यायिक हिरासतमा उहाँ हो, उहाँ जस्तो मान्छेलाई अदालतले नै ब्याख्या गरेकाले म टिप्पणी गर्न चाहन्छ ।कोहि मान्छे भाग्छकी भनेर न्यायिक हिरासतमा राख्ने हो ।
तर राजनीतिक जनताको प्रतिनिधिको रुपमा रहेको मान्छे भागेर पनि सुख पाउदैन । जमानतमा बाहिर रहेर मुद्धा फेस गर्नुपर्ने यो व्यवस्था गर्नुपर्छ भन्ने हो । ’डा. भट्टराईले मुद्धाको कुरा अदालतले आफ्नो निर्णय गर्ने बताउदै आफु मानवीय हिसाबले र वैकल्पिक शक्तिको हिसाबले आफु भेट्न आएको बताए ।
उनले सांसद वा जनप्रतिनिधिलाई थुनामा राख्न नहुने बताउदै कि त पद खारेज गर्नुपर्छ की जमानतमा बाहिर बसेर मुद्धा लड्न दिनुपर्ने बताए । डा. भट्टराईले लामिछानेलाई पत्रपत्रिका पढ्न नदिएको आफुले पाएको र उनलाई एक्लै राखेको बताए ।
FACEBOOK COMMENTS