काठमाडौं । काठमाडौंको थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट हराएकी २६ दिनको शिशु काँडाघारीमा भेटिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काँडाघारीबाट गएराति करिब १२ बजेतिर शिशुको उद्धार गरेको जनाएको छ । प्रहरीले बच्चा चोरी कार्यमा संलग्न दुई जना महिलालाई पक्राउ गरेको जनाएको छ ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा चोरी भएको थियो । अस्पतालमा अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर बालिका लिएर भागेको भन्दै प्रहरीमा मौखिक उजुरी परेको थियो ।
FACEBOOK COMMENTS