काठमाडाैं । दुई पुस्ताको प्रेम कथा समेटिएको टेलिसिरियल ‘वाचा बन्धन’ को ट्रेलर सार्वजनिक गरिएको छ।
ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरले ३० वर्ष पहिलेको युग र वर्तमान समयको भावनात्मक प्रेम यात्रालाई दृश्यमार्फत प्रस्तुत गरेको छ।
नियतिको बन्दी बनेको अमर प्रेम कथा समेटिएको ट्रेलरमा सकम्वरी नामले चिनिने मोडल कुशुम शर्मा, सरिता ढुङ्गाना, प्रशान्त बुढाथोकी, हेमराज घर्ती, विशाल पहाडी, रश्मि भट्ट, सुभाष गजुरेल लगायतका कलाकारहरूको प्रभावशाली अभिनय देख्न सकिन्छ।
कमल बुढाथोकीको प्रस्तुति रहेको यो टेलिसिरियल दीपा बुढाथोकी र कमल बुढाथोकीको संयुक्त निर्माणमा बनेको हो। सिरियलको लेखन तथा निर्देशन यज्ञजंग विक (आयुष) ले गरेका हुन् भने कार्यकारी निर्माता हेमराज घर्ती रहेका छन्।
प्राविधिक पक्षमा पनि श्रृंखला बलियो देखिएको छ। शिव विक ले छायांकन, उमेश थापा मगरले दृश्य सम्पादन, प्रविण ढकालले कलर ग्रेडिङ, रतिश भारतीले भिएफएक्स, नेत्र विष्टले निर्माण नियन्त्रण, सविन गायकले पोस्टर डिजाइन, आकाश मगरले संगीत एरेन्जमेन्ट तथा रामचन्द्र काफ्लेले गायनमा योगदान दिएका छन्। पोस्ट प्रोडक्सन कार्य मुभी प्वाइंटले सम्पन्न गरेको हो।

‘वाचा बन्धन’को पहिलो भाग यही जेठ ३१ गते शनिबार साँझ ७ बजे ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ। प्रत्येक शनिबार साँझ ७ बजे नयाँ भागहरू प्रसारण हुने निर्माणपक्षले जनाएको छ।

उत्कृष्ट छायांकन तथा कथावस्तुसँगै फरक प्रस्तुति दिने दाबी गरिएको यस टेलिसिरियलमा प्रेमदेव गिरि, सविन वास्तोला, प्रिया रिजाल, आयुष विसी, यादव गिरि, प्रशान्त मगर लगायत दुई दर्जनभन्दा बढी पुराना र नयाँ कलाकारहरू संलग्न छन्।

श्रृंखलाको छायांकन ललितपुरको छम्पि र रुकुम पूर्वको लुगुम नरीबाङ जस्ता रमणीय स्थानहरूमा गरिएको हो।