![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छिन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मानुकमारी सिंहलाई धरौटीमा रिहाका लागि आदेश थिएको हो ।
आइतबारको अधिकारीको इजलासले डेढ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकाले सिंहलाई रिहा गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेकी सिंह अदालतको आदेशपछि आइतबार नै धरौटी बुझाएर रिहा भएकी हुन् ।
दैलेखको महाबु गाउँपालिका–६ कि बच्चा चोरीको आरोपमा ११ फागुनमा पक्राउ परेकी थिइन् । उनीविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा दायर भएको थियो ।
११ फागुनमा १२ बजेतिर काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु मानकुमारीले चोरी गरेर लगेको आरोप लागेको थियो ।
प्रहरीले सोही राति १२ बजेतिर काँडाघारीबाट ती महिलालाई पक्राउ गरेको थियो भने शिशुको उद्दार गरेको थियो । बिहे गरेको ३ वर्षसम्म सन्तान नभएपछि प्रसूति गृहबाट शिशु चोरी उनले बताएकी थिइन् ।
FACEBOOK COMMENTS