के तपाईं ती मध्ये एक हुनुहुन्छ जसले तपाईंको तलबको एक हिस्सा बचत खातामा विनियोजित गर्नुभयो? वा तपाईंले आफ्नै बचत गर्नुहुन्छ? तपाईं जे भए पनि, तपाईंलाई थाहा हुनुपर्दछ कि बैंकहरूले यस प्रकारको उत्पादन प्रस्ताव गर्दछन्।
यदि तपाईं चाहानुहुन्छ भने थाहा छ बचत खाता भनेको के हो, यो अरूबाट कसरी फरक छ, यसको विशेषताहरू, यस बारे एक र अधिक चीजहरू कसरी खोल्ने, आज हामी तपाईंको लागि यो संकलन तयार गर्दैछौं।
बचत खाता भनेको के हो ?
जनताको आयबाट बचत गर्नको अभिप्रेरित गर्नको लागि थोरै रकमबाट खोल्न सकिने खातालाई बचत खाता भनिन्छ । यस्तो खाताको उद्देश्य निम्न तथा मध्यमवर्गका मानिसहरूको वचत गर्ने भावना जागृत गराउनु हो ।
बचत खाता वास्तवमा एक वित्तीय उत्पादन हो जुन यो तपाईं लाई पैसा को एक हिस्सा आरक्षित गर्न अनुमति दिनेछ (पहुँच बिना नै सूचित गरीएको) बाहेक यसलाई खर्चबाट जोगिन, यस तरिकाले, एक व्यक्ति लाई खर्च गर्न को लागी नियन्त्रण गर्न मद्दत गरिएको छ ।
ग्राहकहरुको बचत गर्ने बानीलाई प्रोसाहित गर्ने लक्ष्यका साथमा यो योजना ल्याएका हो । जसको फाइदा ग्राहकहरुमा बचतको बानी बसाल्नुको साथ साथै खातामा ब्याजमाथि ब्याज जम्मा गर्नु पनि हो । बचत खाता खोल्नको लागी आफ्नो पासपोर्ट र जागिरको नियुक्ती–पत्र पनि साथमा पेस गर्नुपर्ने छ ।
बचत खाता र बैंक खाता
व्यक्ति वा संस्थाले बैंकबाट कारोबार गर्नका लागि दर्ता गरिने विवरण नै बैंक खाता हो । व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंकहरुमा बचत खाता खोल्न सकिन्छ । यसरी खोलिएका खातबाट आफ्नो अनुकुलमा रकम राख्न वा झिक्न सकिन्छ ।
आफ्नो नजिकै रहेको बैंकको शाखा कार्यालयमा पुगेर वा घरमै बसेर अनलाइनबाट समेत बैंकको खाता खोल्न सकिन्छ । अहिले बैंकहरुले घरबाटै खाता खोल्न मिल्ने गरी अनलाइन सुविधाहरु ल्याएका छन् । सम्बन्धीत बैंकको वेबसाइटमा गएर अनलाइनबाटै खाता खोल्न सकिन्छ ।
बैंक खातामा रकम राख्नु पर्दा बैंकमा गएर भौचर भरेर वा डिजिटल माध्यमबाट घरमै बसेर पनि रकम जम्मा गर्न सकिन्छ । यसरी जम्मा गरिएको रकम कसैलाई भुक्तानी दिनु परे चेक मार्फत वा डिजिटल माध्यमबाट दिन सकिन्छ भने आफैले निकाल्नु पर्दा बैंकमा गएर वा एटिएमबाट निकाल्न सकिन्छ । चेक बुकबाट चेक खिचेर ग्राहकले आफ्नो खातामा जम्मा भएको मध्येबाट आफूलाई आवश्यक परे जति रकम नगदै झिक्न सकिन्छ ।
बैंक खाताहरुका पनि प्रकार हुन्छन् । यी मध्ये चलनचल्तीमा रहेका खाताहरूमा चल्ती खाता, बचत खाता र मुद्दती खाता प्रमुख हुन् । राष्ट्र बैंकका अनुसार आपूmले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ ।
चल्ती खातामा बचत गरेको रकममा ब्याज पाइँदैन । कार्यालयहरूका लागि यो खाता बढी उपयोगी हुन्छ । बचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एउटा निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ ।
सिटिजन्स बैंकको २० भन्दा बढी निक्षेप खातामा के के छन् फाइदा?
बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको छ । ति यस प्रकारका रहेका छन् ।
१. निक्षेप खातामा फराकिलो दायराः सिटिजन्स बैंकले सबै उमेर समूह, पेशा र समुदायका लागि उपयुक्त निक्षेप खाताको व्यवस्था गरेको छ । यस बैंकले महिला, ज्येष्ठ नागरिक, बालबालिका, श्रमजीवी, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू, प्राविधिक ज्ञान भएका ब्याक्ति, युवा, एनआरएन आदि सवैका लागि छुट्टाछुट्टै डिजाइनमा २० भन्दा बढी बचत निक्षेप खाताको व्यवस्था गरेको छ ।
यी सबै खातामा धेरै खालका विशेषताहरू रहेको र जसले खाता खोल्नेहरुहरूलाई उनीहरूको आवश्यकता अनुसारका सेवा र सुविधा दिनेछ । बैंकमा माथि तोकिएका कुनै पनि समूहका ग्रहकले आफ्नो आवश्यकता अनुसारका खाता छनोट गर्न खोल्न सक्नेछन् ।
२. ब्याज दरः बचत गर्ने उद्देश्यका लागि खाता खोल्दा विचार गर्नुपर्ने प्रमुख कारण मध्येको एक ब्याज दर । सिटिजन्स बैंकले आफ्ना खातावालाहरुलाई सधैं उच्च ब्याजदर र अधिकतम प्रतिफल प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई खुसी पार्न बजारमा उच्च प्रतिस्पर्धी ब्याजदर उपलब्ध गराउँदै आएको छ । हाल, बैंकले प्रति वर्ष ७ दशमलव ९६६ प्रतिशतको उच्चतम ब्याज प्रदान गर्नेछ । यो विभिन्न बचत खाताहरूमा लागु रहने छ भने विदेशी मुद्रा बचत खाताहरुमा पनि आकर्षक ब्याजदर उपलब्ध गराएएको बैंकले जनाएको छ ।
३. सुविधा र फाइदाहरूः सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुले खोलेका कुनैपनि प्रकारका निक्षेप बचत खातामा उच्चतम ब्याज दर मात्र प्रदान नगरी यस बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न सुविधाहरू र उच्चतम फाइदाहरू पनि प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड र इन्टरनेट बैंकिङ निःशुल्क उपलब्ध गराउँदै आएको छ । बैंकको मोबाइल बैंकिङलाई वित्तीय क्षेत्रमै उत्कृष्ट मध्ये एक मानिन्छ जसले ग्राहकको हत्केलामा २४ घण्टो बैंकिङ सेवा प्रदान गरेको छ ।
बैंकको डेबिट कार्डले विभिन्न आउटलेटहरू (१५० माथि) रेस्टुरेन्ट, क्याफे, होटल, अस्पताल, किनमेल केन्द्रहरू, अन्तर्राष्ट्रिय अस्पतालहरू जस्तै मेदान्ता–द मेडिसिटी र भारतका अन्य अस्पतालहरूमा छुटहरू प्रदान गर्दछ । बैंकका सबै डिजिटल उत्पादनहरूमा नवीनतम प्रविधिद्वारा सञ्चालित शीर्ष टायर सुरक्षा सुविधाहरू पनि राखिएका छन् । साथै, बैंकले डिम्याट, ऋब्क्ब्द्य र मेरो शेयर सुविधा पनि निःशुल्क उपलब्ध गराएको छ । बैंकले आफ्ना ग्राहकलाई बीमा सुविधा पनि उपलब्ध गराउँदै आएको छ । बीमामा ५० हजार सम्मको चिकित्सा बीमा र ५ लाख सम्मको दुर्घटना मृत्यु बीमा रहेका छन् ।
४. ग्राहक सेवाः नमस्ते संस्कृतिमा उत्कृष्ट ग्राहक सेवाको लागी परिचित रहेको सिटिजन्स बैंकमा प्रत्येक ग्राहकलाई समान व्यवहार गरिन्छ । बैंकको ग्राहक सेवा धेरै छिटो र प्रभावकारी पनि छ । बैंकको सबै प्रक्रिया र सेवा प्रवाह समयतालिका अनुसार गरिन्छ । ग्राहक सेवा अभिवृद्धि गर्न बैंकले अयोग्य, वृद्धवृद्धा, विरामी, अशक्त ग्राहकहरुलाई विशेष महत्व दिएर बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले घरमै बसेर बैंकिङ्ग सेवाहरु पनि उपलब्ध गराउँदै आएको छ जहाँ बैंकिङ्ग सेवाहरु ग्राहकहरुको घरदैलोमा पुर्याइनेछ ।
५. अन्य उत्पादनहरूः बैंकले ग्राहकहरूको लागि धेरै लाभदायक अन्य विभिन्न सुविधाहरू पनि प्रदान गरिरहेको छ । बैंकले विभिन्न आकारका लकर सुविधा उपलब्ध गराएको छ भने ग्राहकहरुको वैदेशिक यात्रामा सहयोग पुर्याउन अमेरिकी डलर ट्राभल कार्ड र विदेशी मुद्रा सटही सुविधा पनि प्रदान गरेको छ । साथै ई कमर्स कार्ड पनि प्रदान गरेको छ, जसले ग्राहकहरुलाई विश्वव्यापी उत्पादन तथा सेवाहरु अनलाइन खरिद गर्न मद्दत गर्दछ । बैंकले विभिन्न संस्थाका तलब पाउने कर्मचारीहरूका लागि सञ्चीत कोष व्यवस्थापन सुविधा भएका खाता पनि उपलब्ध गराएको छ ।
बैंकले नेपाली र विदेशी मुद्रा मुद्दती निक्षेपमा उच्च ब्याजदर प्रदान गर्दै आएको छ । बैंकसँग च्भअगचचष्लन निक्षेपहरू पनि छन् जुन हाइब्रिड उत्पादनहरू हुन् जसले बचत र मुद्दती निक्षेप दुवैको सुविधा प्रदान गर्दछ । जसबाट म्युचुअल फण्डहरूद्वारा प्रस्तावित क्क्ष्ए योजनाहरूमा भन्दा राम्रो प्रतिफल दिन्छ । विभिन्न देशबाट नेपाललाई रकम पठाउने वैदेशिक रोजगारीमा रहेका कामदारहरूको आईपीओ आवेदन प्रशोधनका साथै मुद्दती निक्षेपमा थप राम्रो ब्याज पनि उपलब्ध गराएको छ ।
यस बैंकमा ग्राहकले एकै साथ ३ वटा खाता बैंक खाता, डिम्याट खाता र ब्रोकर खाता खोल्न सक्ने व्यवस्था पनि छ । यी सेवा बैंकका सवै शाखामा उपलब्ध छन् । विश्वभरबाट रेमिट्यान्स भुक्तानी गर्नुका साथै बैंकसँग धेरै च्यानलहरू भएकाले ग्राहकहरूले मोबाइल बिल, ल्यान्डलाइन बिल, बिजुलीको बिल, पानीको बिल, विद्यालय÷कलेजको शुल्क भुक्तानी, दलाल भुक्तानी आदि कुनै पनि सेवा घरबाटै लिन सक्छन् । साथै, बैंकले अनलाइन खाता खोल्ने सुविधा पनि उपलब्ध गराएको छ । जस मार्फत ग्राहकहरुले शाखाहरुमा नगइकनै अनलाईन खाता खोल्न सक्नेछन् भने ग्राहकहरुले नागरिक एप मार्फत पनि खाता खोल्न सक्छन् ।
६. ग्राहकलाई थप लाभहरूः बैंकले नियमित रूपमा ग्राहकहरूलाई थप फाइदाहरू प्रदान गर्ने केही अभियान र कार्यक्रमहरूको सुरुवात पनि गरेको छ । बैंकले विभिन्न साझेदारहरु जस्तै दराज, बिग मार्ट, भाटभटेनी, मोको, खल्ती, ईसेवा, आईएमई पे आदिसँग सम्झौता गरेको छ । यी साझेदारहरुसँगको सहकार्यमा बैंकले ग्राहकहरुलाई थप फाइदाहरु प्रदान गर्न नियमित रुपमा छुट तथा उपहार अभियानहरु संचालन गर्दै आएको छ ।
बैंकले ग्राहकहरुको अनुभव अभिवृद्धि गर्नका लागि सिटिजन्स बैंकसँग साउन महिनाको हरेक सोमबार मनाउने, तीज पर्व, दशैं र तिहारमा डिजिटल दक्षिणा, नयाँ वर्षको उत्सव आदि विभिन्न चाडपर्व तथा विभिन्न अवसरमा ग्राहकहरुलाई पुरस्कृत कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने र ग्राहकको अनुभव अभिवृद्धि गर्ने प्रतिबद्धताका साथ बैंकले सबै उत्पादन, सेवा, नेटवर्क र नवीनतम प्रविधि सहितको पूर्ण प्याकेज उपलब्ध गराएको छ । यी सेवाहरुको उपभोग गर्नका लागी भने ग्रहकहरुले सिटिजन्स बैंकमा खाता खोल्नु पर्ने हुन्छ । बैंकले संस्थागत सुशासनको स्तरलाई उच्चतम राख्ने कुरमा सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा पनि समग्र संस्थागत सुशासनको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जानेतर्फ प्रतिबद्घ रहेको जनाएको छ । संस्थागत सुशासनतर्फ बैंकको उद्देश्य र नीति अनुरुप आन्तरिक संरचना तयार पार्नुका साथै कर्मचारी र सञ्चालकले पालना गर्नुपर्ने आचरणको आचार संहिता कार्यान्वयनमा ल्याइएको छ ।
हाल सिटिजन्स बैंकमा १३ लाख ७४ हजार ५ सय निक्षेप खाता रहेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरका आफ्ना १ सय ८८ वटा शाखा, १ सय ४७ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरूबाट १६ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीका लागि प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको बताएको छ ।
FACEBOOK COMMENTS