काठमाडौं । हेवाखोलामा आएको बाढीले चार वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीले अपर हेवाखोला हाइड्रोपावर कम्पनीले सञ्चालनमा ल्याएको अपर हेवाखोला जलविद्युत, याङवरक गाउँपालिकामा रहेको रैराङ हाइड्रो, माउन्टेन ए र माउन्टेन बी जलविद्युत आयोजनामा क्षति पुगेको हो ।
८.५ मेगावटको अपर हेवाखोला जलविद्युत आयोजनाको इन्टेक बक्समा असर परेको बताइएको छ । इन्टेक बक्समा क्षती पुगेपछि विद्युत उत्पादन बन्द भएको कम्पनीले जनाएका छ । आयोजनामा कति क्षती भयो भनेर विस्तृत जानकारी नआएपनि कम्पनीले भने करोडौंको क्षति भएको अनुमान गरेको छ ।
यस्तै, याङवरक गाउँपालिकामा रहेको रैराङ हाइड्रो पनि क्षती पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवास कुँवरले बताए । उनका अनुसार रैराङ हाइड्रो ड्याम्मा क्षति भएको छ ।
माउन्टेन हाइड्रो ए र बी भने पूर्ण रुपमा क्षति भएको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ। फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलीब्रिज) बाढीले बगाएको छ ।
FACEBOOK COMMENTS