काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षापछि काठमाडौंका नदीहरुमा भीषण बाढी आएको छ । बाढीका कारण करिडोर सडक प्रभावित हुनुका साथै बस्ती वरीपरिका वस्तीहरु नराम्ररी प्रभावित भएका छन् ।
राजधानीको नयाँबजार, गौरीगाट, युएन पार्क, थापाथली, कपन लगायतका स्थानमा कतिपय घरहरुमा समेत बाढी पसेका छन् । यस्तै सुकुम्बासी बस्तीहरुमा पनि बाढीले बेहाल भएको छ ।
नयाँबजार – चौमति जोडने पुलमा रहेको फोहोर स्थानिय र प्रहरीले सफा गरेको छ ।
बाढीका कारण करिडोर सडकहरुमा सवारीआवागमन अवरुद्ध बनेको छ भने नदी किनारमा बनाइएका पार्कहरु पनि बगाएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको छ । बाढी भीषण रहेकाले बागमतीको नदी तटीय क्षेत्रमा रहनेले आज दिउँसो सम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS