काठमाडौं । चीन तर्फ भीषण वर्षासँगैको आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ ।
रसुवा हुँदै चीन तर्फ आवतजावत रोकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । उनका अनुसार रसुवा जिल्ला गोसाइकुण्ड गाँउपालिका रसुवागढीस्थित नेपाल चीन जोडने मितेरी पुल गएरातिको बाढीले पुल बगाएको हो ।
भन्सार पासका लागि रहेका गाडीहरू बगाएको स्थानीय प्रशासनले बताएको छ ।
भन्सारको यार्ड (ड्राइपोट) मा रहेका करिब १५० वटा भन्दा बढी गाडीमध्ये अधिकांश बाढीले क्षति पुर्याएको छ भने मालबाहक ट्रक पनि बगाएको छ ।
FACEBOOK COMMENTS