काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीको तटीय क्षेत्रमा रहेका मानिसलाई सतर्कता अपनाउन अपिल गरेको छ ।
लगातार परेको वर्षासँगै त्रिशूली नदीको जलप्रवाह बढ्ने भन्दै त्रिशूली नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरेको हो ।
त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट र रसुवा तर्फ अत्यधिक वर्षा भएको जनाएको छ । वर्षाका कारण सडक र पुलमा समेत क्षति पुर्याएकाले त्रिशूली नदी किनारका दुवै तर्फ बाढीको जोखिम बढ्न सक्ने प्रशासन कार्यालयको भनाई छ ।
प्रशासनले नदी किनार आसपासका बासिन्दालाई आवश्यकता नपरेसम्म नदीको नजिक नजान, बालबालिका र पशु चौपाया सुरक्षित स्थानमा राख्न, र सम्भावित जोखिम क्षेत्रमा गएका व्यक्तिहरूलाई तत्काल सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS