काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीमा फसेका २० जना अझै बेपत्ता रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा ३ जना नेपाल प्रहरीसहित २० जना रहेका छन् ।
बाढीमा फसेका नेपाली ५० चिनीयाँ १, भारतीय ४ जना उद्धार गरेको छ । बाढी फसेर बेपत्ता मध्ये उत्तरगङ्गा गाउँपालिका ५ स्थित खोला किनारमा पुरुष शव फेला परेको छ।
बाढीका कारण २० जना सम्पर्क विहिन भएका छन् । जसमा लाल बहादुर श्रेष्ठ (नेपाल प्रहरी), मुना ठाकुर (नेपाल प्रहरी), लोकेन्द्र बोहरा (नेपाल प्रहरी), जिपन चौधरी (बर्दिया), सन्तोष दहित (बर्दिया),
बुद्धिराम थारु (बर्दिया), लक्ष्मीनारायण थारू (बर्दिया), सुरेश थारु (बर्दिया) नरेन्द्र विक (बागलुङ), फुर्वा लामा (सिन्धुपाल्चोक) रहेका छन् ।
यस्तै गोविन्द मोक्तान, लोकमान तामाङ, धनराज बिक, दिल तामाङ बेपत्ता रहेका छन् । उनीहरुको ठेगाना खुलेको छैन । यस्तै चिनिया नागरिकहरुमा यु युइ, लि हुआकिङ्ग, याङ चुआन, हाई हाङ, यु सियाओ क्यु र जोउ योङ रहेका छन् ।
FACEBOOK COMMENTS