काठमाडौं । असार २३ गते आएको रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढी पहिरोका कारण ९८ करोड ५९ लाख ८२ हजार १५६ रुपैयाँको क्षति भएको भन्दै बीमा कम्पनीमा दाबी परेको छ ।
बीमा प्राधिकरणका अनुसार उक्त बाढी पहिरोका कारण क्षति भएको भन्दै साउन २२ गतेसम्म ७८ वटा माग दाबी परेको हो । बीमा प्राधिकरणका अनुसार हिमालयन एभरेस्ट इन्स्योरेन्समा २ वटाको ५५ करोड रुपैयाँको दाबी परेको छ ।
शिखर इन्स्योरेन्समा १५ वटाको १६ करोड ९६ लाख ३० हजार रुपैयाँ, नेपाल इन्स्योरेन्समा १६ वटाको ८ करोड ७३ लाख रुपैयाँ, सानिमा जीआईसीमा ६ वटाको ६ करोड ८४ लाख ८२ हजार १५६ रुपैयाँ, नेको इन्स्योरेन्समा ५ वटाको ५ करोड ६७ लाख रुपैयाँको माग दाबी परेको छ ।
सगरमाथा लुम्बिनीमा २ वटाको २ करोड ६५ लाख रुपैयाँ, युनाइटेड अजोडमा ३ वटाको ९१ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलमा १० वटाको ७६ लाख ७० हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ वटाको ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरमा ७ वटाको ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा ६ वटाको २८ लाख रुपैयाँ माग दाबी परेको छ ।
प्राधिकरणका अनुसार सम्पत्ति बीमा तर्फ ६१ करोड ४७ लाख रुपैयाँ दाबी परेको छ । दाबीको संख्या ६ वटा छ । सामुद्रिक बीमा तर्फ २२ करोड ४ लाख २९ लाख ६५६ रुपैयाँको दाबी परेको छ । दाबीको संख्या ९ वटा छ ।
इन्जिनियरिङ् तथा ठेकेदार जोखिम तर्फ ५ करोड ९५ लाख रुपैयाँ दाबी परेको छ । दाबीको संख्या ५ वटा छ । निजी मोटर बीमा तर्फ ५ करोड ५८ लाख रुपैयाँ दाबी परेको छ । दाबीको संख्या १६ वटा छ ।
सार्वजनिक मोटर बीमा तर्फ ३ करोड ५५ लाख ५२ हजार ५०० रुपैयाँ दाबी परेको छ । दाबी संख्या ४२ वटा छ ।
FACEBOOK COMMENTS