सप्तरी । अविरल वर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–२ का ७० घर डुबानमा परेका छन् ।
सो वडाको मुस्लिम र राम वस्तीमा चार फिटसम्म पानी भरिँदा ३८ परिवारका ७० घर डुबानमा परेको वडाध्यक्ष जाहिर हुसेनले जानकारी दिए । उनले बस्तीका प्राय सबै घर आगनबाट त्रियुगा बग्न थालेपछि घर छाडेर स्थानीय मस्जिद र आफन्त कहाँ शरण लिई बसेको बताए ।
त्रियुगा नदीको बाढीले पूर्वी तटबन्ध कटान गरी अचानक पानी प्रवेश गरेपछि बस्ती डुबानमा परेको हो ।
बस्ती डुबानमा परेको खबर पाए लगत्तै सेना, सशस्त्र, नेपाल प्रहरीका तालिम प्राप्त जनशक्ति उद्धारमा खटिएको र कुनै मानविय क्षति नभएको जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
FACEBOOK COMMENTS