काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा बद्री केसी विजयी भएका छन् ।
सत्ता गठबन्धन तथा माओवादीको तर्फका उम्मेद्वार आरके शर्मा र काँग्रेसका उम्मेदवार महेश श्रेष्ठलाई हराउँदै नेकपा एमाले समर्थित डा केसी अध्यक्षमा विजयी भएका हुन् । चुनावमा बद्री के सीले १३७८, आर के शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत पाएका छन् ।
राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन अनाइनबाट भएको मतदानमा डा. केसी विजयी भएका हुन् । निर्वाचनमा अध्यक्षमा डा. केसी, श्रेष्ठ र शर्मा उठेका थिए । अध्यक्षको अर्का उम्मेदवार रविना थापाले उम्मेदवारी फिर्ता लिएर श्रेष्ठलाई समर्थन गरेकी थिइन् ।
बुधबार मध्यरातिदेखि बिहीबार मध्यरातिसम्म विश्वभरका गैरआवासीय नेपाली प्रतिनिधिहरुले अनलाइनमार्फत मतदान गरेका थिए ।
FACEBOOK COMMENTS