काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सङ्घ, प्रदेश र पालिकाले संस्कृति जोगाउन संस्थागतरूपमा पहल गर्न जरूरी रहेको बताएका छन् ।
सिंहदरबारमा आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानबाट जारी ७ बुुँदे ‘प्राज्ञिक घोषणापत्र २०८१’ ग्रहण गर्दै मन्त्री पाण्डेले संस्कृति कला संरक्षण र प्रवर्द्धनमा सबैको ध्यान जान जरूरी रहेकोऔँल्याए ।
तीनवटै प्रतिष्ठानका अधिकारीले आज मन्त्री पाण्डेलाई उक्त घोषणापत्र समेटेर कार्यान्वयनको पहलका लागि अनुरोधपत्र बुुझाएको हो । यस क्षेत्रमा कानुनी जटिलता रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले समाधानका लागि पहल गर्ने आश्वासन दिए । साधन श्रोतको अभाव भएकाले क्रमिकरूपमा सुधार लैजाने उनले बताए । उनले प्रतिष्ठानबी एकरूपता बनाउनका लागि मापदण्ड निर्माण गर्न जरूरी रहेको औँल्याउँदै मर्यादाक्रमको पनि वर्गीकरण जरूरी रहेको बताए ।
यसअघि तीन वटै प्रतिष्ठानले सोमबार देशभरका प्रदेश सरकार तथा स्थानीय सरकारबाट गठन भएका संस्कृति, ललितकला, साहित्य, सङ्गीत, नाट्य, ज्ञान–विज्ञानसँग सम्बन्धित प्रतिष्ठानरपरिषद्सरमितिलगायतका प्रतिनिधिको प्रतिनिधित्व हुुने गरी प्राज्ञिक भेलाको आयोजना गरेको थियो । सोही भेलाले ७ बुँदे घोषणापत्र जारी गरेको थियो ।
घोषणापत्र तयार पारेकामा तीनवटै प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै उनले पत्रमा व्यक्त गरिएका विषयलाई मन्त्रालयले अध्ययन गरी त्यसको कार्यान्वयनमा आफ्नातर्फबाट सक्दो गृहकार्य गर्ने प्रतिबद्घतासमेत व्यक्त गरे ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुुलपति नारदमणि हार्तम्छाली, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूूपाल राई तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुुलपति निशा शर्माले मन्त्री पाण्डेलाई सो अनुरोधपत्र संयुक्त रूपमा हस्तान्तरण गरे ।
भेलामा उठेका विषयलगायतका विविध विषयलाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले उक्त छलफलमा जानकारी गराए ।
FACEBOOK COMMENTS