काठमाडौँ । बागदरबारको रेक्टोफिट योजना कार्यान्वयन गर्दा मौलिकता र संरचनागत बलियोपनालाई निर्माणका हरेक प्रक्रियामा ख्याल गर्न काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्देशन दिएकी छन् ।
योजना अनुगमन समितिका संयोजक एवं कार्यवाहक प्रमुख डंगोलले सवलीकरण योजनाको अनुगमन गर्दै आज निर्माणका हरेक प्रक्रियालाई सुक्ष्म निगरानी गर्न सार्वजनिक निर्माण विभागका अधिकारीहरुलाई निर्देशन दिएकी हुन् ।
रेक्टोफिट भइरहेको बागदरबारको लागत अनुमान भ्याट, कन्टिजेन्सी, पीएससहित ७४ करोड ४७ लाख ३९ हजार ४४३ रुपियाँ थियो । सार्वजनिक खरिद प्रक्रियाबाट आएको निर्माण पक्षसँग ४२ करोड ९० लाख १४ हजार ३१० रुपियाँमा सम्झौता भयो । बोलपत्रदातालाई मंसिर १५ गते कार्यादेश दिइएको हो । निर्माण कार्य २०८४ मंसिर १५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ । अहिले ५ प्रतिशत भौतिक प्रगति भएको छ ।
FACEBOOK COMMENTS