ढाका । बङ्गलादेशले जनवरीमा ५ दशमलव ७२ अर्ब अमेरिकी डलर मूल्यका सामानहरू ढुवानी गरेको छ । यो वार्षिक तथ्याङ्कको आधारमा ११ दशमलव ४५ प्रतिशतले वढि हो ।
सन् २०२३/०२४ को आर्थिक वर्षको पहिलो सात महिनामा सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म बङ्गलादेशको कूल निर्यात वार्षिक आधारमा २ दशमलव ५२ प्रतिशतले बढेर ३३ दशमलव २६ अर्ब डलर पुगेको निर्यात प्रवद्र्धन विभाग (इपिबी) ले जनाएको छ ।
निर्यात वृद्धिको श्रेय केही हदसम्म तयारी कपडा क्षेत्रले देखाएको राम्रो प्रदर्शनलाई दिइएको छ । बङ्गलादेशले सन् २०२३ जुलाई–जनवरी सम्मको अवधिमा तयारी कपडाको निर्यातबाट २८ दशमलव ३६ अर्ब डलर कमाएको छ । यो अघिल्लो वर्ष २७ दशमलव ४२ अर्ब डलर मात्र थियो ।
बङ्गलादेशले आर्थिक वर्ष २०२३/०२४ मा आफ्नो निर्यात लक्ष्य ६२ अर्ब डलर राखेको छ । यसमा तयारी पोशाक उत्पादनबाट मात्र ५२ अर्ब डलरभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको छ ।
FACEBOOK COMMENTS