हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ ।
मंगलबार भएको मतदानमा मुख्यमन्त्री लामाको पक्षमा १५ जनाले मत दिएका थिए भने उनको विपक्षमा २२ सांसदले मत दिएपछि उनले संसदीय दलको नेताबाट विश्वास गुमाएका हुन् ।बागमती प्रदेशमा कांग्रेसका ३७ सांसद रहेका छन् । योसँगै उनको मुख्यमन्त्री पद पनि गएको छ ।
अब कांग्रेसबाट प्रदेश सभापति समेत रहेका सांसद इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने तयारीमा रहेका छन् ।अविश्वास प्रस्ताव पारित भएसँगै अब नयाँ संसदीय दलको नेता चयनको प्रक्रिया शुरु हुने बताइएको छ ।कांग्रेसले बागमतीमा देखिएको विवाद मिलाउन नेता राजेन्द्र केसीलाई तोकेको छ । यसअघि सोमबार बसेको संसदीय दल र प्रदेश समितिको बैठकमा सहमति हुन नसकेपछि मतदानबाट विवाद समाधान गरिदैछ ।
FACEBOOK COMMENTS