काठमाडौं । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सरकारबाट बाहिरिएको छ ।
खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उनको निवासमा संयुक्तरूपमा राजीनामा बुझाएका हुन् ।
उनले पार्टीको निर्णयानुसार भन्दै राजीनामा दिइएको बताए । मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पनि राजीनामा दिए ।
FACEBOOK COMMENTS