काठमाडौं । काठमाडौं उपत्यकामा गएराति परेको अविरल वर्षाका कारण बागमती र विष्णुमती नदीमा पानीको सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार काठमाडौँको गोङ्गबुस्थित विष्णुमती नदी र गौरीघाटस्थित बागमती नदीको जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो । दुवै नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको भन्दै विभागले बाढीको जोखिम बढेको जनाएको छ।
विभागले भनेको छ, ‘विष्णुमती नदी गोङ्गबु र बागमती नदी गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरूले सतर्कता अपनाईराखौँ।’
FACEBOOK COMMENTS