काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनबाट बाहिरिने भएका छन् ।
आफु उम्मेदवारी नदिइ उपराष्ट्रपति कमला ह्यारिसलाई सहयोग गर्ने भएका छन्् । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। फेरि चुनाव लड्ने मेरो मनसाय भए पनि पार्टी र देशको हितमा उम्मेदवारी फिर्ता लिने र बाँकी कार्यकाल राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान दिने विश्वास लिएको छु ।’
बाइडेनले पोस्टमा उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने पनि घोषणा गरेका छन्। बाइडेनले भने, ‘सन् २०२० मा पार्टीको राष्ट्रपतिको उम्मेदवार बनेपछि मेरो पहिलो निर्णय कमला ह्यारिसलाई उपराष्ट्रपतिमा छान्ने थियो र यो सबैभन्दा राम्रो निर्णय थियो ।’
बाइडेनले सामाजिक सञ्जाल एक्स मार्फत यस्तो जानकारी गराएका हुन् । अमेरिकामा चार महिनापछि मात्रै राष्ट्रपतिको निर्वाचन हुँदैछ । रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र राष्ट्रपति बाइडेनबिच प्रतिस्पर्र्धा हुने चर्चा रहेको थियो ।
FACEBOOK COMMENTS