काठमाडौं । वैदेशिक रोजगारीको खोजीमा भौतारिएका एक जनाले सात लाख रुपैयाँ खर्च गर्दा पनि माल्टा जान नपाएपछि अर्का एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ घर भई काठमाडौं बूढानीकलण्ठ नगरपालिका–९ बस्ने ५१ वर्षीय प्रकाश बहादुर सिंह छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
सिंहले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै एक जना पीडितबाट सात लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बूढानीकलण्ठ नगरपालिका–६ सरस्वती कोलोनीबाट पक्राउ गरेको जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
FACEBOOK COMMENTS