काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगी धन्दा चलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ कपिलवस्तुकी दीपा शर्मा (३५) र भद्रपुर नगरपालिका–४ का ब्रिजेश सुवेदी (२७) रहेका छन् ।
दीपाले क्यानडा पठाउने भनी २३ लाख ५० हजार र ब्रिजेशले युके पठाउने भनी दुई लाख ५० हजार रुपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
FACEBOOK COMMENTS