काठमाडौं । स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै फागुन महिनामा ५२ हजार ९४४ जना नेपाली युवायुवती वैदेशिक रोजगारीमा गएका छन् ।
इजरायल–अमेरिका र इरानबीच भइरहेको अन्तर्राष्ट्रिय युद्ध र त्यसले खाडी मुलुकहरूमा पारिरहेको प्रभावका बाबजुद ठूलो सङ्ख्यामा नेपाली युवायुवती विदेसिएका हुन् । जारी त्रिदेशीय युद्धका कारण सरकारले इजरायल र टर्कीसहित १२ वटा देशको श्रमस्विकृति बन्द गर्दा पनि करिब ५३ हजार युवायुवती काम खोज्दै विदेसिए ।
युद्धका कारण हाल सरकारले सरकारले साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति स्थगन गरेको छ । अर्को सूचना जारी नभएसम्म उल्लेखित देशमा जानका लागि श्रमस्विकृति पाइने छैन ।
यद्यपि, फागुन महिनामा विदेसिएको सङ्ख्या अघिल्लो महिनाको तुलनामा झण्डै १८ हजारले कम हो । माघ महिनामा वैदेशिक रोजगारीको खोजी गर्दै कूल ७० हजार ५०३ जना विभिन्न देश गएका थिए ।
यस्तै, पुसमा ६२ हजार ५५९ र मंसिरमा ६५ हजार ७०५ जनाले श्रमस्विकृति लिएर विदेसिएका थिए ।

FACEBOOK COMMENTS