काठमाडौं । वैदेशिक रोजगार विभागले आकर्षक सेवा सुविधाको प्रलोभनमा भिजिट भिसामा यूरोप पठाउने सञ्जालमा प्रसारित विज्ञापनमा भर नपर्न सचेत गराएको छ ।
विभागका अनुसार फेसबुक, इन्स्टाग्रम, टिकटकमा यस्ता विज्ञापन भाइरल गराइएका छन् । जसमा क्यानडा, रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्बानियालगायत मुलुकमा भिजिट भिषा, वर्किङ भिसामा पठाइदिने भन्ने बेहोरेका विज्ञापन भाइरल गराइएको छ ।
साथै आधिकारिक निकायको अनुमतिविना सामाजिक सञ्जालमा वैदेशिक रोजगार सम्बन्धी विषयमा प्रचार प्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्न समेत सचेत गराएको छ ।
वैदेशिक रोजगारीमा पठाउन इजाजत पाएका कम्पनीहरुबाट वैधानिक रुपबाट मात्र वैदेशिक रोजगारीमा जान समेत विभागले सर्वसाधारणलाई एक विज्ञप्ति जारी गर्दै सचेत गराएको छ ।
FACEBOOK COMMENTS