काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ह्वात्तै बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालु वर्षको साउन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कुल ४४ हजार ५४० जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या गत आवको साउनको तुलनामा चालु आवको साउन महिनामा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० जना पुगेको छ ।
गत वर्षको साउनमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो ।
FACEBOOK COMMENTS