काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै बढेको छ । चालु आवको दुई महिना(साउन र भदौ)मा नेपालबाट विदेशमा काम गर्न जानको लागि श्रम स्वीकृति लिनेको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार उक्त अवधीमा गत वर्षको सोहि अवधीको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भएको छ । चालु आवको उक्त दुई महिनामा नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ३ हजार ८९८ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार १८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो ।
FACEBOOK COMMENTS