काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कोअपरेटिभ प्रालिले अब बजाजका मोटरसाइकल नागरिकताका आधारमा मात्रै सरल फाइनान्समार्फत खरिद गर्न सकिने स्किम लिएर आएको छ ।
मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रक्रियालाई अझ सरल होस् भनी आफ्ना ग्राहकहरूका लागि यो स्किम ल्याइएको कम्पनीले जनाएको छ ।
यसअघि मोटरसाइकल खरिद गर्दा घरजग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेटलगायतका विभिन्न कागजात आवश्यकता पर्दथ्यो । यी झन्झटहरूलाई हटाइएसँगै अब भने बजाजका ग्राहकहरूले यी कागजातका सट्टामा नागरिकता मात्रै लगेर सहजै बजाजका मोटरसाइकल फाइनान्समार्फत किन्न सक्नेछन् ।
यस्तै, किस्ताबन्दीमा किन्न चाहने ग्राहकले एक घण्टाभित्रै लोन पास गरेर ९.९९% प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्नेछन् ।
यो स्किम बजाजका देशभरका आधिकारिक शोरूमहरूमा उपलब्ध सबै मोडलहरूमा लागू हुने कम्पनीले बताएको छ ।
FACEBOOK COMMENTS