काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दसैँ र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग बीपिएल सार्वजनिक गरेको छ ।
सबै नेपालीका लागि अब मोटरसाइकल भनेको केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ । त्यसैले नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले यो रोमाञ्चक क्याम्पेन ‘बजाज प्रिमियर लिग बीपिएल सुरु गरेको हो ।
यस क्याम्पेनको विशेषता के हो भने, हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन् । साथै, नागरिकताको भरमा सहज फाइनान्सिङ्गमा पनि यो योजना लागु हुने कम्पनीले जनाएको छ ।
यसरी, बजाजको यस क्याम्पेनमा बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौठा अनुभवहरू पनि साट्न पाउनेछन् ।
यस क्याम्पेनको बारेमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, “नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि। ले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ ।
कम्पनीको विश्वास छ कि, बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिलाउने छ ।
त्यतिमात्रै होईन यस क्याम्पेनले मोवाइल गेमप्रेमीहरुलाई लक्षित गरेर मोवाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरु जित्ने अवशर प्रदान गरेको छ । यस गेममा जति धेरै रन लिन सक्यो त्यतिनै धेरै उपहारहरु प्राप्त गर्न सकिने र जो सुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS