काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले जनकपुरमा पूर्ण सुविधासम्पन्न नयाँ शोरुम ओम अटोमोबाइल्सको उद्घाटन गरेको छ ।
नेपालमा सबैभन्दा अधिक विक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जनकपुरमा पनि शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीको उक्त उद्देश्यलाई सार्थक बनाउन ओम अटोमोबाइल्सका प्रोप्राइटर सन्तोषकुमार साहलाई डिलरसीप प्रदान गरिएको छ ।
ग्राहकले खरीद गरेको सामग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरीदका लागि सहज बनाउने विश्वास कम्पनीको छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो विक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने छ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।
‘हामी जनकपुरमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै खुशी छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनुभएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो,’ नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, ‘जनकपुरमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनाका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्ने छन् ।’
सोरुम उद्घाटनको अवसरमा ओम अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकहरुका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको जनाइएको छ ।
FACEBOOK COMMENTS