काठमाडौँ– सरकारले आगामी आर्थिक ९ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थप हुने अनुमान गरेको छ।
संसदमा अर्थमन्त्री डा। प्रकाशशरण महतले पशे गरेको आगामी आर्थिक वर्षको बजेटमा बूढीगण्डकी जलासययुक्त आयोजनासहित दूधकोशी, माथिल्लो अरुण, चैनपुर सेती, जगदुल्ला, तामाकोशी पाँचौं, सिम्बुवा खोला, घुन्साखोला आयोजनाको निर्माण अघि बढाउने घोषणा पनि भएको छ।
२ वर्षभित्र सबै घर परिवारमा बिजुलीको सेवा दिने घोषणा पनि बजेटले गरेको छ ।