काठमाडौं । बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ वर्षीया भाग्य चदाराले बाटोमा बच्चा जन्माएकी छन् । सुत्केरी गराउन अछामको बयलपाटा अस्पतालमा लैजाने क्रममा भाग्यले बुढिगंगा नगरपालिकाको बार्जुगाड नजिकै बाटोमा बच्चा जन्माएकी हुन् ।
गौमुल गाउँपालिकाबाट जिल्ला अस्पताल बाजुरामा रिफर गरेको भएपनि बाजुरामा आकस्मिक प्रसुति सेवा दिने चिकित्सक नहुँदा अछाम रिफर गरिएको थियो। बयलपाटा नपुग्दै बाजुराको बार्जुगाडमा बच्चा जन्माएको अनमी रमा रोकायाले बताईन् ।
बाजुरा अस्पतालमा आकस्मिक प्रसुति सेवा भएपनि १ हप्तादेखि चिकित्सक नहुदा जटिल खाले गर्भवतीलाई रिफर गर्ने गरिएको थियो। अस्पतालमा चिकित्सक नहुँदा अछाम रिफर गरेर लैजाँदै गर्दा बाटोमै बच्जा जन्मिएको थियो ।
तालिम प्राप्त चिकित्सक डा. सुनिलकुमार शाह, डा. बिपुल चौधरी र डा. जस्मिता बलमपाकी बिदामा गएपछि बाजुरा अस्पतालमा आकस्मिक प्रसुति सेवा बन्द भएको छ। अस्पतालमा कार्यरत डा. दिपेन्द्र बुढा पनि बिदामा छन्।
भाग्य जस्तै धेरै गर्भवतीको पीडा यस्तै छ। हिमाली गाउँपालिका १ बामु बस्ने नानी रोकायाले पनि बाटोमै बच्चा जन्माएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS