काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री बालनन्द शर्माले पदभार ग्रहण गरेका छन् ।
मन्त्री शर्मालाई कार्यवाहक परराष्ट्र सचिव कृष्णप्रसाद ढकाल र वरिष्ठ अधिकारीहरूले मन्त्रालयमा स्वागत गरेका थिए ।
यस अवसरमा मन्त्री शर्माले राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न प्रभावकारी रूपमा काम गर्न अधिकारीहरूलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा पूर्वरथी रहेका शर्मालाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए भने उनले आजै पद तथा गोपनियताको शपथ समेत लिएका थिए ।
FACEBOOK COMMENTS