काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विवादित अडियो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले आफ्नो चरित्रहत्या गरिएको बताए ।
उनले भने, ‘आफ्नो अभीष्ट पूरा गर्न यहाँ आएका थिए । मैले हुन्न भनेपछि यी कुराहरू आएका हुन् । कुन नियतबाट ल्याइएको भन्ने कुरा प्रस्ट हुन्छ । अडियोमा सुनिएका सरोकारवाला व्यक्तिहरू हामीसँग सम्बन्धित होइनन् । मेरो बोली त्यहाँ छ कि छैन भन्ने पनि जागजहेर छ । जग्गा, जमिनका र सरुवाका कुरा पनि आइरहेका छन् । सरुवा मन्त्रालयको नियमित प्रक्रियाको कुरा हो ।’
मन्त्री अधिकारीले पोखराबाट सरुवा भएका मालपोत अधिकृतले पनि सरुवाका लागि कुनै पहल नगरेको बताए । उनले पुरानो कुरा ल्याएर आफ्नो र आफ्नो परिवारको चरित्रहत्या गर्न खोजिएको आरोप लगाए ।
FACEBOOK COMMENTS